निर्धन उत्थान लघुवित्त र बिराटलक्ष्मी विकास बैंकले कति प्रस्ताव गरे बोनस तथा लाभांस ?

Sep 29, 2016 Mero Lagani

गत आर्थिक वर्षको कमाईबाट निर्धन उत्थान बैंक (NUBL) र बिरटलक्ष्मी विकास बैंक (BLDBL) ले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेका छन् । दुवै वित्तीय संस्थाको असोज १२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई दिने बोनस तथा नगद लाभांस प्रस्ताव गरेको हो ।

प्राइम कमर्शियल बैंक (PCBL) मा एक्वायर हुने क्रममा रहेको पूर्वी नेपाल बिराटनगरको बिराटलक्ष्मी विकास बैंकले लगानीकर्तालाई १८ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि शुन्य दशमलव ९७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । त्यसै गरी निर्धन उत्थान बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस तथा ११ दशमलव ५७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ ।

दुवै संस्थाले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन प्राइम बैंकले बिराटलक्ष्मी विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता गरिसकेको छ । अहिले राष्ट्र बैंकको स्वीकृतिको पखाईमा रहेको बिराटलक्ष्मीले गत आर्थिक वर्षमा १० करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ४२ करोड ५३ लाख रुपैंया रहेको छ ।

उता ५० करोड रुपैंया चुक्ता पूँजी तथा ६७ करोड रुपैंयाको जगेडा कोष रहेको निर्धन उत्थान बैंकले गत आर्थिक वर्षमा ४० करोड ४६ लाख ७६ हजार रुपैंया खुद नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी ३३ रुपैंया ११ पैसा रहे पनि लघुवित्तले २० प्रतिशत मात्र बोनस प्रस्ताव गरेको हो ।

          ... [गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले कस्तो गरे प्रगती ? (तथ्यांक सहित)] ...

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।