ग्राण्डलाई रोकेर प्रभु बैंकको मात्र किन खुल्ने भयो शेयर कारोबार ?

Sep 29, 2016 Merolagani

- परमेश्वर अधिकारी
मर्जर प्रक्रिया पुरा गरी एकीकृत बैकिड. कारोबार सुरु गरेको १० महिना पछि नेपाल राष्ट्र बैंकले साविकको प्रभु बैंकको मात्र शेयर कारोबार खोल्न स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको गत भदौ १८ गते बसेको बैठकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र शेयर कारोबार खुलाउने निर्णय गरेको हो ।

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको शेयर मात्र कारोबार खुलाउनका लागि राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्जलाई पत्राचार गरेको हो । राष्ट्र बैंकले गत भदौ १८ गते नै यस सम्बन्धमा निर्णय गरेको भए पनि असोज दोस्रो साता मात्र नेप्सेलाई कारोबार सुचारु गराउन पत्र पठाएको हो ।

‘प्रभु बैंकका साविकका शेयरधनीहरुको गाभिनु अघि कायम रहेको शेयरको मात्र कारोबार फुकुवा गर्न कुनै बाधा नरहेको’ निष्कर्ष निकाल्दै राष्ट्र बैंक सञ्चालक समितिले नेप्सेलाई सोही अनुसार शेयर कारोबार खुलाउन पत्र पठाएको हो । बैंकको शेयर कारोबार आइतबारदेखि खुल्ने सम्भावना छ ।

प्रभु बैंकले केही समय अघि साविकको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरेकोमा बिहीबार उक्त शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भैसकेको छ । आगामी आइतबारदेखि उक्त हकप्रद सहित प्रभु बैंकको
गत असोज दोस्रो सातादेखि रोक्का रहेको शेयर कारोबारमा आउने पक्का भएको हो ।

तर ग्राण्ड बैंकको पौने २ वर्ष अघिदेखि शेयर कारोबार रोक्का रहेको र उक्त शेयरको कारोबार किन नखुलाइएको भन्ने सम्बन्धमा राष्ट्र बैंकले केही बताएको छैन । २० महिनादेखि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का हुँदा बैंकका लगानीकर्ता थाप्लोमा हात राख्दै निरास भएर बसिरहेका छन् । राष्ट्र बैंकले ग्राण्डको कारोबार खोलाउने संकेत नै नगरेपछि ग्राण्डका लगानीकर्तामा पीडामाथि पीडा थपिएको छ ।

सम्बन्धित सामगी

बिहीबार तीन करोड कित्ता शेयर सुचिकृत गर्ने चार कम्पनी कुन् कुन् हुन् ?

प्रभुले यसरी किन रुवायो लगानीकर्ता ?

ग्राण्ड बैंकलाई गाभेपछि के भयो प्रभु बैंकको बित्तीय अबस्था ?

पट्यार लाग्दो पर्खाइका बिच प्रभु बैंकको शेयर कारोबार सुचारु हुने मिति अझै किन बन्यो अन्यौल ?

कहिलेदेखि सुरु होला प्रभु बैंकको शेयर कारोबार ?

खराब कर्जाले थलिएको ग्राण्ड बैंक अन्ततः यसरी भयो प्रभुमा विलिन

एक्कासी किन रोकियो प्रभु बैंकको शेयर कारोबार ?

खराब कर्जाले थलिएको ग्राण्ड बैंक किन गयो प्रभुको शरणमा ?

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।