मुक्तिनाथ विकास बैंकले पनि प्रस्ताव गर्यो आकर्षक बोनस, कति पुग्यो पूँजी ?

Sep 29, 2016 Merolagani

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथ विकास बैंक (MNBBL) ले लगानीकर्तालाई ३४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई उक्त बोनस प्रस्ताव गरेकोहो । बैंकले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरले भने उक्त बोनस नपाउने प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी पुर्याउनका लागि आफैं सक्षम रहेको र त्यसै अनुरुप अघि बढ्ने भन्दै बैंकले यो प्रस्ताव ल्याएको हो । बैंकले कर प्रयोजनका लागि लगानीकर्तालाई नगद लाभांसको व्यवस्था गरेको छैन । उसले मर्जर तथा एक्विजिशनका दौरान राष्ट्र बैंकबाट २ वर्षसम्म आयकर छुट पाएका कारण पुराना शेयरधनीले कर तिर्न नपर्ने भन्दै अहिले बजारमा शेयर किनबेच गर्ने लगानीकर्ताको हकमा भने आफैंले कर तिर्नुपर्ने बताएको छ ।

बैंकले यही असोज २१ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले खुद नाफामा ६५ प्रतिशतले बढोत्तरी गरेर गत आर्थिक बर्षमा ३५ करोड ८८ लाख रुपैयाँ कमाएको थियो । मुक्तिनाथले अघिल्लो आर्थिक वर्षमा ३७ रुपैयाँ प्रति शेयर आम्दानी गरेकोमा गत आर्थिक वर्षमा १६ प्रतिशतले बढोत्तरी गरी ४३ रुपैयाँ पुर्याएको थियो । वर्षेनी लगानीकर्ताहरुलाई बढ्दो दरमा आकर्षक प्रतिफल बाड्दै आएको र बैंकले गत बर्ष ३१ प्रतिशत बोनस शेयर दिएको थियो ।

बैंकको अहिले ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । ८४ करोडको ३४ प्रतिशत बोनस समेत वितरण गरे पश्चात बैंकको चुक्ता पूजी १ अर्ब ५५ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

यसो गर्दा पनि राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन फेरि हकप्रद वा कुनै संस्था खरिद गर्नुपर्ने र चालु आर्थिक बर्षको खुद नाफाबाट झण्डै एक अर्ब रुपैंयाको थप पूँजी जुटाउनु पर्ने बाध्यता मुक्तिनाथलाई हुनेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।