वोमी र जनउत्थानले २०/२० प्रतिशत बोनस दिने,३६ प्रतिशत हकप्रदका लागि अरनिकोले तोक्यो बुक क्लोज

Oct 02, 2016 merolagani

वोमीमाईक्रो फाइनान्स (WOMI) र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक (JSLBB) ले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांस प्रस्ताव गरेका छन् । दुवै कम्पनीले  २०/२० प्रतिशत बोनस दिने प्रस्ताव गरेका छन् । त्यस्तै ३६ प्रतिशत हकप्रद निष्कासनको लागि अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले शेयरधनी दर्ता पुस्तिका बन्द हुने मिति तय गरेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांस तथा दुई लाख १० हजार रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस घोषणा गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

वोमीमाईक्रोफाइनान्स ले लगानीकर्तालाई गतआर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि एक दशमलव ११ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो ।माईक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् ।

३ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको बोनस बितरण पश्चात चुक्तपूँजी ४ करोड ३२ लाख पुग्नेछ ।
त्यस्तै अरनिको डेभलपमेन्ट बैंकले ३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको हकप्रद पाउन असोज २८ गतेसम्म सेयर खरीद गरिसक्नु पर्छ । बैंकले असोज २९ गते शेयरधनी दर्ता पूस्तिका बन्द गर्देछ ।

बैंकको अहिले चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैंया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।