रिलायबलले हकप्रद जारी नगरी ग्लोबल आईएमईसँग बेचिएकोमा लगानीकर्ता संघको आपत्ति

Oct 02, 2016 Merolagani

सेयर लगानीकर्ता संघ नेपालले रिलायबल डेभलपमेन्ट बैंकले एकसय प्रतिशत हकप्रद सेयर जारी गर्ने भनी प्रस्ताव गरेर त्यसको टुंगो नै नलगाई ग्लोबल आइृएमई बैंकसँग बेचिने(एक्विजिशनमा जाने) सम्झौता गरेकोमा आपत्ति जनाएको छ ।

संघका अध्यक्ष उत्तम अर्यालले जारी गर्नुभएको बिज्ञप्तिमा ग्लोबल आईएमईमा बिलय हुन लागेको प्रति ध्यानाकर्षण भएको भन्दै रिलायबलले संस्थागत जालसाँची गर्न खोजेको आरोप लगाईएको छ । घटनाले धितोपत्र बजारमा सुचिकृत कम्पनीहरु प्रति अबिस्वास सिर्जना हुन जाने र समग्र पूँजी बजारलाई नै गंभीर असर पार्ने दावी गरिएको छ ।

हकप्रद सेयर निश्काशनसम्बन्धी स्पष्ट कानुनी ब्यवस्थाको अभावमा यस्ता घटनाहरु भईरहने भन्दै अबिलम्ब कानुनी प्रबन्ध मिलाउन पनि संघले माग गरेको छ ।

यसैबीच संघका महासचिव नबराज सुबेदीले संघले आईतबार नै रिलायबलका अधिकारीहरुलाई भेटी लगानीकर्ताहरुको तर्फबाट आपत्ति जनाईएको बताउनु भयो । उहाँले रिलायबलले गत आर्थिक बर्षको खुद नाफाबाट बोनस सेयर दिएरै ग्लोबल आईएमईसँग बिलय हुने कुरामा आश्वस्त पारेको जानकारी दिनुभयो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।