सिद्धार्थ र सनराइज बैंकको शेयर मूल्य कतिमा भयो समायोजन ?

Oct 03, 2016 Merolagani

२५ प्रतिशत हकप्रद निष्काशनका लागि आइतबार बुक क्लोज गरेको सिद्धार्थ बैंक तथा ३३ दशमलव ३३ प्रतिशत बोनसका लागि आइतबार बुक क्लोज गरेको सनराइज बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सिद्धार्थको प्रतिकित्ता शेयर मूल्य १ हजार ५४ रुपैंया तथा सनराइजको ६ सय ५८ रुपैंया निर्धारण भएको छ ।

सिद्धार्थ बैंकको समायोजित शेयर मूल्य पछिको बेस रेट ८ सय १५ रुपैंया कायम भएको छ भने सनराइजको ५ सय १५ रुपैंया बेस रेट रहेको छ ।

सिद्धार्थ बैंकले भने लगानीकर्तालाई दिने लाभांस घोषणा गरिसकेको छैन । त्यसै गरी सनराइज बैंकले बोनस पछिको चुक्ता पूँजीबाट ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
सिद्धार्थ बैंकले १ सय रुपैंया अकिंत दरमा ७५ करोड ५५ लाख रुपैंया बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ४८ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैंया १९ पैसा छ । चुक्ता पूँजीभन्दा धेरै जगेडा रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड १ लाख ४२ हजार रुपैंया सञ्चित छ ।

           ... [बाणिज्य बैंकहरुमा कसले कति देला बोनस शेयर ? (आंकलनसहित)] ...

 

उता नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् सनराइज बैंकले चुक्ता पूँजी ३ अर्ब ९७ करोड रुपैंया २०७३ आषाढ मसान्त सम्मको जगेडा कोष र गत बर्षको खुद नाफाबाट ३३.३३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरिएको उल्लेख हो । सनराईजले एक अर्ब बत्तीस करोड त्रिपन्न लाख अठ्चालीस हजार आठ सय रुपैयाँ बोनस वापत पूँजीकृत गर्ने भएको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब २९ करोड रुपैंया नाघ्ने छ ।

बैंकका अनुसार आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ती गर्ने वित्तीय संस्थाहरुको हकमा दुईवर्ष सम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेकोले त्यसको लाभ समेत लगानीकर्ताले लिन पाउने भएका छन् । गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेकोले शेयरधनीहरुको प्राप्ति अघि सम्म कायम शेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरी त्यस्तो कर रकम वोनस शेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव पारित गरिएको जनाईएको छ ।

गत बर्ष नारायणी नेशनल फाईनान्सलाई किनेको सनराईजले आफुले मात्रै ९५ करोड खुद नाफा गरेको थियो । उसले अघिल्लो बर्ष ४७ करोड मात्र खुद नाफा कमाएकोमा १०२ प्रतिशतले बृद्धि गरेको हो ।
चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि बोनस बितरण पश्चात कायम हुने पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८८ करोड नाघ्नेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।