दश महिना अगाडि सम्पन्न बैंकको बार्षिक साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको भएपनि बैंकले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको थिएन । गत असार १७ गते प्रोफेसनल दियालो विकास बैंकलाई एक्वाएर गर्ने सम्झौता गरेको लक्ष्मी बैंकले राष्ट्र बैंकबाट एक्वायरको अन्तिम स्वीकृति पाएपछि आगामी कात्तिक ७ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।
हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंक एक्वायएर गर्न लागेको हो । स्वाप रेसियोको बारेमा भने अन्तिम निर्णय भइनसकेको लक्ष्मी बैंकका कम्पनी सचिव पियुष राज अर्यालले मेरोलगानीलाई बताए । अर्यालले प्रोफेसनल दियालोलाई एक्यावर गरेपश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्नु पर्ने भएकाले अघिल्लो साधारणसभाले पारित गरेको प्रस्ताव विशेष साधारणसभामा लैजानु परेको बताए। हकप्रद जारी गरेपछि बैंकको पूँजी साढे ६ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।
लक्ष्मी बैकले किन्यो प्रोफेशनल दियालो विकास बैंक
साथै बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने र गाभिने वा एक्वायर गर्ने प्रक्रियालाई समेत निरन्तरता दिने भएको छ । यसबाट बैक अझैपनि मर्जरका लागि उपयुक्त जोडिको खोजीमै रहेको देखिन्छ ।
हाल नेप्सेमा लक्ष्मी बैंकको सेयरको मूल्य प्रति कित्ता ८९० रुपैयाँको हाराहारीमा रहेको छ भने प्रोफेसनल दियालोको एक्वायरमा जानुअघि प्रतिकित्ता सेयर मूल्य ३७७ रुपैंयाँ रहेको थियो । हकप्रदको आसमा लक्ष्मी बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले हकप्रद भर्नका लागि अझै कम्तिमा तीन महिना पर्खनुपर्ने देखिन्छ ।
लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको जगेडा कोषमा ६ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले गत आर्थिक बर्षमा ६७ करोड नाफा कमाएको थियो भने दिलायोले ३ करोड नाफा कमाएको थियो ।
हकप्रदको हल्ला चलाएर कता हराए यी कम्पनी ?
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................