कुमारी बैंकले किन्यो काष्ठमण्डपसहित तीन बिकास बैंक र एक फाईनान्स, कति पूग्यो पूँजी ?

Oct 03, 2016 merolagani

एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारी बैंक(KBL)ले काष्ठमण्डप डेभ्लपमेन्ट बैंक(KDBL)सहित चार संस्था किन्ने सम्झौता गरेको छ । कुमारीले आफै चुक्ता पूँजी पुर्याउन भन्दै यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको छ । 

 कुमारीले काष्ठमण्डप, महाकाली,, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले मर्जर तथा एक्वायरका लागि पार्टनरको खोजीलाई तीब्र बनाएको थियो ।

एनसीसीसँगको मर्जर टुटेपछि सेयर बजारमा कुमारी बैंक र एभरेष्ट बैंक मर्ज हुने चर्चा पनि एक समय निकै चुलिएको थियो । अहिले काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेका दुई कम्पनी र काक्रे विहार थपेर आफै आठ अर्ब पुँजी पुर्याउने आधार तयार गरेको छ । 

एक्वायरसम्बन्धी सम्झौतापत्रमा कुमारीका मर्जर कमिटी संयोजक डा. शोभाकान्त ढकाल,काष्ठमण्डपका मर्जर कमिटी संयोजक कृष्ण ज्ञवाली, महाकालीका सञ्चालक डिलाराम खरेल, काँक्रेबिहारका सञ्चालक राजकुमार गुरुङ र पश्चिमाञ्चलका सञ्चालक ज्ञानेन्द्र कसजूले आइतबार साँझ हस्ताक्षर गरेका हुन् ।

काष्ठमण्डपले महाकाली, काँक्रेबिहार र पश्चिमाञ्चललाई एक्वायर गर्ने सभ्झौता गरी राष्ट्र बैंकमा आवेदन दिएको थियो । तर, कुमारी बैंकसँग एक्वायरमा जाने भएपछि तीन संस्थालाई एक्वायर गर्ने काष्ठमण्डपको प्रक्रिया स्थगित गरी नयाँ प्रक्रिया सुरु गरिएको काष्ठमण्डपका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले जानकारी दिए ।

कुमारी बैकले पनि एक्वायर अगाडि कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने छ । कुमारी बैंकका कम्पनी सचिव नरेन्द्र छत्कुल्लीले मेरो लगानीको कुराकानीमा कुमारीले मर्जर अगाडि कायम चुक्तापुँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने प्रष्ट पारे । हाल कुमारीको २ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेकोछ । एनसीसीसँग मर्जर प्रकृया तोडे पछि कुमारीले५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ ।

यसअधि नै काष्ठमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको थियो । कुमारीले एक्वायर गर्ने भएपनि काष्ठमण्डपको २५ प्रतिशत हकप्रद जारी हुने काष्ठमण्डपका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए । काष्ठमण्डपले जारी गर्ने २५ प्रतिशत हकप्रद तथा काष्ठमण्डपले यसअघि एक्वायर गर्ने सम्झौता गरेका महाकालि विकास,पश्चिमाञ्चल फाइनान्सको समेत गर्दा एक अर्ब ७० करोड रुपैयाँ पुँजी थपिनेछ । 

काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ  भने काक्रे विहार विकास बैंकको ६ करोड रुपैयाँ पूँजी रहेको छ ।

यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । भण्डारीका अनुसार एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।