नेपाल स्टक एक्सचेन्जले प्रभुको मात्र कारोबार खोल्दा सेयर मूल्य मिलानमा समस्या पर्ने भन्दै राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समस्या समाधानका लागि आग्रह गरेको थियो । बोर्डले तत्कालका लागि प्रभुको सेयर कारोबार रोक्न निर्देशन दिएको हो । सोमबार र मंगलबार नेप्सेमा प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो ।
धितोपत्र बोर्डले आफ्नो निर्देशनमामा भनेको छ-साविकको ग्रान्ड बैंक लि. र प्रभु बैंक लि. एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई मिति २०७२।१०।२९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार संचालन भई मिति २०७३।०६।१७ गतेदेखि उक्त प्रभु बैंक लि. को शेयर कारोबार आशिंक रुपमा मात्र नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा कारोबार भैरहेको सम्बन्धमा बोर्डको ध्यानार्कषण भएको छ ।
गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात संगठित संस्थाको शेयर बोर्डमा अभिलेख गरेर मात्र शेयर कारोवार हुने व्यवस्था भएकोमा साविकको ग्रान्ड बैंक लि. र प्रभु बैंक लि. एक आपसमा गाभिई बनेको प्रभु बैंक लि. को शेयर यस बोर्डमा अभिलेख नगरी आशिंक रुपमा खुल्ला भएको शेयर कारोबार मिति २०७३।०६।१९ देखि स्थगन गर्न नेप्सेलाई निर्देशन दिइएको बोर्डले जनाएको छ ।
साथै अव उप्रान्त गाभ्ने गाभिने कार्य सम्पन्न भएपश्चात एकीकृत शेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न समेत नेपाल स्टक एक्सचेञ्ज लि. लाई निर्देशन दिइएको बोर्डको बिज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् ।
ग्राण्ड बैंकका बदमासहरुलाई छाडा छाडेर पीडित लगानीकर्तामाथि किन पीडा थप्दैछ राष्ट्र बैंक ?