नबिल बैंकको ४५ प्रतिशत लाभांश पारित, तीन संचालक चयन

Oct 05, 2016 merolagani

नबिल बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्न प्रस्ताव गरेको ४५ प्रतिशत लाभांस बैंकको ३२ औ साधारणसभाले पारित गरेको छ । बैंकले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो । साथै बैंकले समूह “ग” वर्ग र समूह “ख” वर्गबाट संचालक समितिमा प्रतिनिधि समेत चयन गरेको छ ।



३० प्रतिशत बोनश बाँडेपछि बैंकको चुक्तापूँजी ६ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकले बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

साथै साधारण सभाले सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको तर्फबाट शेयरधनिहरु शम्भु प्रसाद पौड््याल तथा दयाराम गोपाल अग्रवाल एवं शेयरधनि समूह “ख” वर्ग को तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरको छ ।

त्यस्तै बैंकले विगत केही वर्षदेखि गर्दै आएका शेयरधनी महानुभावहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकका शेयरधनीहरु डा. सुन्दर लाल श्रेष्ठ र राजेश शाक्यलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।