मलेसियाको लागि भिसा आवेदन शुल्क सनराइज बैंकले संकलन गर्ने

Oct 05, 2016 merolagani

सनराइज बैंक(SRBL) र मलेसिया भिएलएन नेपालबीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सन्राइज बैंक र सो संस्था बिच मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्धार केन्द्रको सुविधा प्रदान गर्न सम्झौता भएको बैंकले जनाएको छ ।




सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मलेसिया भिएलएन नेपालका अध्यक्ष रामप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार भिसा आवेदन दिदा लाग्ने शुल्क सनराइज बैंकमा जम्मा गर्नुपर्ने छ ।

मलेसिया भिएलएन नेपाल प्रालि मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाली दूतावासबाट अधिकार प्राप्त संस्था हो । मलेसियाका लागि भिसा आवेदकहरु ले सनराइज बैंकको ६७ वटै शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् ।

मलेसिया भिएलएन नेपालको कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोकामा रहेको छ । साथै बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।