मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५२.६३ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस दिने भएको छ । साथै, कर लाभांशको लागि कम्पनीले २ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्प्नीको साधारणसभाबाट पारत भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैंकको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्ने छ ।
३२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको एनबी बैंकको सेयर मूल्य ८ सय ९८ रुपैयाँ तोकिएको छ । बजारमा यो बैंकको समायोजित मूल्य भन्दा माथि चढेर कारोबार भईरहेको छ ।
यस्तै २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको तिनाउ डेभलपमेन्ट बैंकको ५ सय ३० रुपैयाँमा सेयरमूल्य समायोजन भएको छ । यो बैंकको पनि समायोजित मूल्य भन्दा बढेर नै सेयर किनबेच भइरहेको छ । त्यसैगरी १३.५ प्रतिशत बोनस घोषणा गरेको पोखरा फाइनान्सको सेयर मूल्य ३ सय ४८ रुपैयाँमा समायोजित भएको छ । उसको पनि सेयरमुल्य समायोजित मुल्य भन्दा माथि नै उक्लिएर कारोबार भएको छ ।
साथै १ सय २० प्रतिशत हकप्रद दिने घोषणा गरेको सेवा विकास बैंकको बुक क्लोजपछि सेयर मूल्य ३ सय ६१ रुपैयाँमा समायोजन गरेको छ । सेवाको पनि सेयर भाउ उकालो लागेको छ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।