१८ सय अंकबाट उकालो लाग्यो नेप्से, किन भयो बिओकेएलको ३० करोडको कारोबार ?

Oct 05, 2016 merolagani

वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार आएपछि बुधबार नेप्सेले १८ सय अंक पार गरेको छ । यसदिन नेप्सेमा बैंक अफ काडमाण्डौ लुम्बिनीको मात्रै झण्डै तीस करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कुल कारोबारको ३२ प्रतिशत रकम हो । मर्जर सकेपश्चात अघिल्लो साता मात्रै सेयर कारोबार खुलेको यो बैंक लगानीकर्ताको नजरमा पर्दै आएको थियो ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको असोज १२ गते बुधबारबाट मर्जर पश्चात सेयर कारोबार खुलेको थियो । तत्कालीन बैंक अफ काडमाडौले दिएको बोनस समायोजन भएपछि बैंकको कारोबार प्रतिकित्ता ४६४ रुपैयाँमा खुलेको थियो ।मर्जर सम्झौता पछि कारोबार रोक्का हुँदा बैंकको प्रतिकित्ता शेयर मूल्य ५ सय ८५ रुपैंया थियो ।

बजारमा कारोबार रहेका अन्य वाणिज्य बैकहरुको तुलनामा यो बैंकको शेयरभाउ कम हुनु तथा भर्खरै मर्जर सकेर थप बलियो बनेर बजारमा आएका कारण पनि यो कम्पनीको शेयर लगानीकर्ताको नजरमा परेको हो । बजारमा माग अनुसारको आपूर्ति हुन नसक्दा दिनदिनै सेयरभाउ बढेर एकसातको बीचमा ७८७ रुपैयाँ पुगेको छ ।

आजबाट बजारमा बैंकको सेयर साधारण लगानीकर्ताले पनि सहज रुपमा पाउन थालेपछि  यो बैंकको कारोबार उच्च भएको हो । बुधबार  एकैदिन ३ लाख ८१ हजार १७७ कित्ता किनबेच भएपछि कारोबार उच्च भएको हो । यो बैंकको मात्रै २९ करोड ८८ लाख २१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

बुधबार सेयर बजार परिसूचक नेप्सेले १८ सय अंक पार गरेको छ । ८.१ अंकले बढेको नेप्से बुधबार १८०६ विन्दुमा पुगेको छ । वाणिज्य बैंक समूहमा सुधार आएपछि बजार उकालो लागेको हो । यसदिन बैंकिङ साढे १३ अंकले बढेको छ । अघिल्लो दिनको भन्दा कम कारोबार रकम घटेको बजारमा १३२ कम्पनीको ९२ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबारको सेयरबजारमा पनि चार कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले उकालो लागेको छ । यसदिन कालिका माइक्रो क्रेडिटका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य दश प्रतिशले बढेको छ । त्यस्तै सेवा विकास बैंक, कुमारी बैंक र ज्योती विकास बैंकको पनि सेयर मूल्य १० प्रतिशतकै हाराहारी बढेको छ।

दिनभरिमा मा १३२ कम्पनीको ९२ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिओकेएलको मात्रै झण्डै ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसपछि एभरेष्ट बैंकको १० करोड ३९ लाखको किनबेच भयो । शिखर इन्स्योरेन्सले ६ करोड बढीको कारोबार गर्दा प्रभु इन्स्योरेन्सको पनि चार करोड बढीको कारोबार भएको छ ।

धेरै गुमाउनेमा सानिमा माइ, रिलायन्स लोटस, सिन्धु विकास, सांग्रिला डेभलपमेन्ट लागयतका कम्पनी रहेका छन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।