मुक्तिनाथ विकास बैंकको पचास प्रतिशत हकप्रद खुल्यो

Oct 07, 2016 Mero Lagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले राष्ट्र बैंकले तोकेको पूँजी वृद्धि गर्नका लागि आजदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । भदौ ३० गते शेयरधनी किताब बन्द गरेका बैंकले असोज २१ गतेदेखि हकप्रद आबेदन खालेको हो । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस दिने प्रस्ताव यस अघि नै गरिसकेको छ ।

मुक्तिनाथले १ सय रुपैयाँ अंकित दरका ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा कात्तिक २५ गतेसम्म आवेदन गर्न सकिनेछ । भदौ २९ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा एनआइबिएल क्यापिटल तथा बैंकका सबै शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सकिनेछ ।

 

 

 

आफैं चुक्ता पूँजी अढाई अर्ब पुर्याउने लक्ष्य सहित बैंकले ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको अहिले ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकले ८४ करोडको ३४ प्रतिशत बोनस समेत वितरण गरे पश्चात चुक्ता पूजी १ अर्ब ५५ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले लघुवित्तको समेत काम गर्दै आएको छ । राष्टिय्रस्तरको बिकास बैंकमा रुपान्तरण भएको मुक्तिनाथले काठमाडौमा शाखा बिस्तार गरे पछि झन् ब्यापार बृद्धि भएको देखिएको छ । बैंकले गत आर्थिक बर्षमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लोबर्षको मुनाफाबाट गतबर्ष ३१ प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।