महिला सहयात्राले दश तथा कन्काई विकासले २० प्रतिशत बोनस दिने

Oct 06, 2016 merolagani

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था (MSMBS) ले १० प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । कम्पनीको विहीवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । त्यस्तै कन्काई विकास बैंक (KNBL) ले पनि गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनस बाड्न प्रस्ताव गरेको छ ।



दुवै कम्पनीको प्रस्तावीत लाभांस राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । कर प्रयोजनका लागि महिला सहयात्राले शुन्य दशमलव ५३ प्रतिशत तथा कन्काईले १.३१ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेका छन् ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालको बोनस वितरणपश्चात चुक्ता पुँजी १२ करोड १० लाख पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड रहेको छ । ३ जिल्ले विकास बैंक कन्काइको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पुँजी १५ करोड रुपैयाँ पुग्नेछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।