अरुण काबेलीको ३० करोडको आइपिओ खुल्यो,१५ लाखसम्म आवेदन गर्न सकिने

Oct 07, 2016 merolagani

२५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर (AKPL) ले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर निष्काशन गरेको हो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

 

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको साधारण शेयरमा लगानीकर्ताले आगामी कात्तिक ९ गतेबाट छिटोमा कात्तिक १२ गते र ढिलोमा २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अरुण काबेलीको कार्यालय थापाथली ट्रेड टावर र सिद्धार्थ बैंकका उपत्यका भित्र र बाहिरका विभिन्न शाखाहरु मार्फत आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको सेयर निस्कासन तथा विक्री प्रधन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड रहेको छ । सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर जारी पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुग्नेछ । आयोजनामा सस्थापक समूहको १ अर्ब ५ करोड रुपैयाँ लगानी छ । अरुण काबेली पावर अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनी हो ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।