कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद कात्तिक ३ गतेदेखि

Oct 07, 2016 merolagani

कृषि बिकास बैंक (ADBL) ले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर कात्तिक ३ गतेबाट जारी गर्ने भएको छ । बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागकेो हो । हकप्रदमा कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । बैंकको शेयरमा असोज ९ गतेसम्म शेयर स्वामित्व रहेका र लगानी गरेकाहरुले आवेदन दिन पाउँने छन् ।

कृषि बिकास बैंकको बिभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको शेयरमा आवेदन दिन सकिनेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीलाई ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुर्याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा बैंकले दुई अर्ब ५७ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसा कायम भएको देखाएको छ । प्रति शेयर आम्दानी ५५ रुपैयाँ भन्दा माथि कायम गरेर बाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रति शेयर आम्दानी गर्ने मध्येमा तेस्रो भएको छ ।

गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार कृषि बिकास बैंकको सम्पतिमा प्रतिफल २.२९ र ईक्विटीमा प्रतिफल १७.७८ प्रतिशत देखाईएको छ ।बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाएर ३.८५ प्रतिशतमा झारेको छ । प्रति शेयर नेटवर्थ ३०३ रुपैयाँ कायम भएको बैंकको पूँजी कोष १२.८४ प्रतिशत रहेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।