सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रदमा कात्तिक ११ गतेदेखि आवेदन गर्न सकिने

Oct 07, 2016 merolagani

सिद्धार्थ बैंक (SBL) ले सर्बसाधारण सेयरधनीको लागि २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको लागि कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।



सिद्धार्थ बैंकले १ सय रुपैंया अकिंत दरमा ७५ करोड ५५ लाख रुपैंया बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गरेको हो । बैंकको १०० कित्ता सेयर हुनेले २५ कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । असोज १६ गतेसम्म बैंकमा शेयर स्वामित्व भएका वा शेयर खरिद गरेकाले यसमा आवेदन दिन सक्ने छन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । बैंकको आफ्नो सम्पुर्ण शाखा, बिक्री प्रबन्धक, लक्ष्मी क्यापिटलबाट शेयरमा आवेदन दिन सकिने छ ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ आषाढसम्ममा चुक्त पूँजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ । जसका लागि बैंकले मर्जर, बोनस शेयर वा हकप्रदलाई प्रथामिकता दिने देखिन्छ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।