फाइनान्सको हकप्रद भर्ने अन्तिम मिति आगामी कात्तिक २५ गते हो ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेकोमा १४ करोड ६८ लाख बराबरको हकप्रद निश्काशन भएपछि चुक्ता पूँजी ४४ करोड ६ लाख पुग्नेछ । कम्पनीले ८० करोड चुक्ता पूँजी पुर्याउन फेरि हकप्रद, बोनस वा अन्य संस्थासँग मर्ज वा एक्विजिशनको बाटोमा जानुपर्नेछ ।
हकप्रदको आबेदन प्राप्त गर्न तथा बुझाउनका लागि एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट र गुहेश्वरी मर्चेनटका शाखा कार्यालयहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले अन्य चार स्थानबाट बित्तीय सेवा प्रदान गर्दै आएको छ ।
फाइनान्सले गत आर्थिक बर्षमा ७ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी २३ रुपैयाँ कायम गरेको थियो । गत आर्थिक वर्षको कमाईबाट फाइनान्सले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेको छैन ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।