कन्ट्री डेभलपमेण्ट बैंकले कति गर्यो लाभांस प्रस्ताव ?

Oct 07, 2016 Merolagani

कन्ट्री डेभलपमेण्ट बैंक (CNDBL) ले लगानीकर्तालाई दिने लाभांस प्रस्ताव गरेको छ । विकास बैंकहरुमा लाभांस प्रस्ताव गर्ने २६ औं बैंकका रुपमा कन्ट्रीले ८ दशमलव ४५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले लगानीकर्तालाई प्रस्ताव गरेको ८ दशमलव ४५ प्रतिशत बोनसको कर प्रयोजनका लागि शुन्य दशमलव ४४४८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । गत साउन २९ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाले अघिल्लो आर्थिक वर्षको ७ दशमलव २५ प्रतिशत बोनस तथा शुन्य दशमलव ३८१ प्रतिशत नगद लाभांस पारित गरेको थियो ।

प्राईम कमर्शियल बैंकसँग एक्वायर हुने सम्झौता गरेर स्वीकृतिको पखाईमा रहेको बैंकको अहिले चुक्ता पूँजी ३५ करोड ७९ लाख २८ हजार रुपैंया रहेको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ८१ लाख रुपैंया नाघ्नेछ ।

३० प्रतिशत हकप्रद निष्काशन गर्नु अघि ३ अर्ब ७० करोड रुपैंया चुक्ता पूँजी रहेको प्राइम बैंकमा बिराटलक्ष्मी विकास बैंकसँगै कन्ट्रीले पनि एक्वायर हुने सम्झौता गरेको थियो । बिराटलक्ष्मी विकास बैंक बिराटनगरको हो भने कन्ट्री काभ्रेको हो ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।