भरिएन इन्द्रसरोवर, हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुने

Oct 07, 2016 RSS

सञ्चित शक्तिको रुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुनेभएको छ ।मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

ऊर्जाको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठकाअनुसार करिब दश मिटरको हाराहारीमा पानी भरिन बाँकी छ । “ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम छ,” उनले  भने– “वर्षा जारी रहेका कारण सो क्षेत्रमा अझै पनि जलाशय भरिनसक्ने सम्भावना छ ।”

यस वर्ष एक हजार ५२५ मिटर मात्र भरिने र त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उहाँको भनाइ छ । गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो । अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रुपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो ।

“अघिल्ला वर्षमा पनि दसँै तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरुपमा भरिएन,” प्रमुख श्रेष्ठले भन्नुभयो । विद्युत्भार कटौतीलाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको महत्वपूर्ण भूमिका रहने गरेको छ । जलायश भरिँदा प्राधिकरणलाई समेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ । विद्युत्को अत्याधिक माग भएको समयमा मात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमा मात्र चलाउने गरिएको छ ।

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ । कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ । सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लो पटक उर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको छ । केही दिनअघि उर्जामन्त्री जनार्दन शर्माले आयोजनाको स्थलगत निरीक्षण गर्दै शिघ्र परियोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।