सेन्चुरीले किन्यो अरनिको डेभ्लपमेन्ट

Oct 16, 2016 Merolagani

सेञ्चुरी कमर्सियल बैंक(CCBLले अरनिको डेभ्लपमेन्ट बैंक(ARDBL)लाई किन्ने सम्झौता गरेको छ ।
लामो समयदेखि दुबै बैंकबीचमा छलफल चल्दै आएकोमा आईतबार एक्विजिशनको सम्झोता भएको हो ।

अरनिकोले ३६ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंया नघाएको छ । गत आर्थिक वर्षमा बैंकले ५ करोड ८४ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

दुई अर्ब ८४ करोड चूक्ता पूँजी रहेको सेन्चुरीले पनि हालै ३० प्रतिशत हकप्रद जारी गरी पूँजी बृद्धि गरेको छ भने इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई किन्ने सम्झौता यसअघि नै गरिसकेको छ । सेन्चुरीले आफै चुक्ता पूँजी आठ अर्ब पुर्याएर बाणिज्य बैंकमा कायम रहने स्पष्ट संकेत दिएको छ । ईन्नोभेटिभ र अरनिकोलाई सेन्चुरीले किन्दाको स्वाप रेसियो भने सार्बजनिक गरिएको छैन ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।