नेपाल बैंक सम्बद्ध स्रोतले आफ्नो बैंकको खुद नाफा पहिलो त्रैमासमा एक अर्ब ५० करोड नाघ्ने जनाउ दिएको छ । असोज मसान्त अघिको एक साता दशै परेको हुनाले ब्याज असुलीमा समस्या भए पनि बैंकको खुद नाफा एक अर्ब ५० करोड भन्दा नघट्ने स्रोतको भनाई छ ।
बैंकले गत साउनमा नागरिक लगानी कोषको एक अर्ब १९ करोड रुपैयाँको सेयर बेचेकाले त्यो समेत जोड्दा कमाईमा गत बर्षको निरन्तरता देखिएको हो । बैंकको नियमित आम्दानी पनि गत बर्षको भन्दा बढ्ने आशा गरिएको छ । यही आधारमा नै लगानीकर्ताले नेपाल बैंकको सेयर मूल्य उचालिएर किन्नु दोस्रो बजारबाट किनीहाल्नु हुँदैन ।
नेपाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रहेकोमा २३.७४ प्रतिशत हकप्रद जारी गरी चुक्ता पूँजी ८ अर्ब बनाउने भएको छ । गत बर्ष कमाएको रकमबाट लगानीकर्तालाई लाभांश बाड्न नसके पनि बैंकले जगेडा कोष धनात्मक र पूँजी कोष ११ प्रतिशत भन्दा माथि बनाएर स्वस्थ मात्रै देखिन सकेको छ ।
माउन्ट एभरेष्ट ब्रुअरी र अन्य ठूला कर्जाहरु असुली भएमा नेपाल बैंकको प्रगति आगामी तीन वटा त्रैमासमा पनि उत्साहप्रद हुने आशा गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस् ।
नेपाल बैंकले पस्कियो लोभलाग्दो प्रगति बिबरण, खुद नाफा नै तीन अर्ब बढी
त्यसैगरी अन्य बैंक तथा बित्तीय संस्थाहरु समेत धमाधम पहिलो त्रैमासिक आम्दानीको हिसाब किताब गर्न थालेका छन् ।
यो समाचार अन्य मिडियाहरुले मेरोलगानी डटकमको अनुमति बिना प्रयोग नगर्नुहोला ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।