मितेरी डेभलपमेण्ट बैंकको पचास प्रतिशत हकप्रद खुल्यो

Oct 17, 2016 Mero Lagani

मितेरी डेभलपमेण्ट बैंक (MDB) ले पूँजी वृद्धिका लागि सोमबारदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । लगानीकर्तालाई ३० प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले १० लाख ५६ हजार कित्ता शेयर एक सय रुपैंयाका दरले निष्काशन गरेको हो ।

बैंकको हकप्रद शेयर मंसिर ५ गतेसम्ममा भरिसक्नु पर्ने हुन्छ । गत असोज ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र बैंकको हकप्रदका लागि आवेदन दिन पाउने छन् । बैंकको हकप्रद शेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ ।

धरानमा मुख्य कार्यालय रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । ३० प्रतिशत बोनस तथा १ दशमलव ५८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको बैंकले गत आर्थिक वर्षमा खुद नाफालाई ६ करोड ४५ लाख ८९ हजार रुपैंयाबाट बढाएर ९ करोड ७२ लाख २७ हजार रुपैंया पुर्याएको थियो । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया बढी हुनेछ ।

गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४६ रुपैंया २ पैसा कायम हुँदा निष्कृय कर्जा अनुपातलाई शुन्य दशमलव शुन्य ३ प्रतिशतमा राख्न सफल भएको मितेरी बैंकको प्रतिशेयर नेटवर्थ १ सय ६६ रुपैंया ३० पैसा, मुल्य आम्दानी अनुपात १८ दशमलव ७१ गुणा र तरलता अनुपात २८ दशमलव ८६ प्रतिशत रहेको थियो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।