राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनेमा पहिलो बन्यो आईसीएफसी फाइनान्स

Oct 17, 2016 Mero Lagani

- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमायो साढे १० करोड सञ्चालन मुनाफा
आईसीएफसी फाइनान्स (ICFC) नेपाल राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बनेको छ । सोमबार फाइनान्सले १३ औं साधारण सभाबाट प्रस्तावित बोनस पारित गर्दै ८० करोड चुक्ता पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बनेको हो । फाइनान्सको साधारण सभाले ४ जना सञ्चालकहरु समेत निर्वाचित गरेको छ ।


६८ करोड ५२ लाख ८५ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गरेसँगै फाइनान्सको चुक्ता पूँजी ८० करोड नाघेको हो ।

त्यसै गरी फाइनान्सको साधारण सभाले संचालक समितिमा संस्थापक समूहबाट चार सदस्य सुरेशकुमार अग्रवाल, श्यामसिंह पाण्डे, नन्दकिशोर शर्मा र सुशीलकुमार अर्याल निर्विरोध निर्वाचित भएका छन् । गत आर्थिक वर्षमा ५ अर्ब ९७ करोड रुपैंया निक्षेप संकलन तथा ४ अर्ब ६७ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ अर्व निक्षेप संकलन तथा ४ अर्ब ७५ करोड कर्जा प्रवाह गरी १० करोड ५० लाख रुपैंया सञ्चालन मुनाफा कमाएको छ । हाल फाइनान्सले ११ वटा शाखा कार्यालय, त्रिशुली बजारमा एउटा एक्सटेन्सन काउण्टर तथा ८ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।