कृषि बिकास बैंकको ५० प्रतिशत हकप्रद भर्न आजदेखि सुरु, कहाँ-कहाँ पाईन्छ आबेदन पत्र ?

Oct 19, 2016 Merolagani

कृषि बिकास बैंक(ADBL)ले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर आज कात्तिक ३ गतेबाट बिक्री सुरु गरेको छ  । बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि मात्र १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो । हकप्रदमा कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् ।

कृषि बिकास बैंकको बिभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट आबेदन पत्र प्राप्त गरी बैंकको हकप्रद शेयरमा आवेदन दिन सकिने जनाईएको छ ।

बैंकको सूचना पुरै हेर्न यहाँ जानुहोस् ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीलाई ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुर्याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको साधारण चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ । बैंकमा नेपाल सरकारको ६ अर्बको अपरिबर्तनीय अग्राधिकार सेयर रहेको छ । 

गत आर्थिक बर्षमा बैंकले दुई अर्ब ५७ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसा कायम गरेको थियो । प्रति शेयर आम्दानी ५५ रुपैयाँ भन्दा माथि कायम गरेर बाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रति शेयर आम्दानी गर्ने मध्येमा तेस्रो भएको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।