फाईनान्सले पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । निक्षेप संकलन र कर्जा परिचालन र ब्याज आम्दानी बढाई संचालन नाफामा ५० लाख रुपैयाँले बढोत्तरी गरेको छ तर कर्मचारी र संचालन खर्च बढ्न गएको छ । त्यसमाथि फाईनान्सले कर्जा जोखिम वापतको रकम बढाउनु पर्दा खुद नाफा बढ्न सकेको देखिदैन । यद्यपी उसको निस्क्रिय कर्जा अनुपात गत बर्षको पहिलो त्रैमास ४.७४ को तुलनामा घटेर ३.३३ प्रतिशतमा झर्नु निकै सकारात्मक पक्ष हो ।
कर्जा बिस्तारमा आक्रामक रुपमा अघि बढेको फाईनान्सले आगामी दिनमा राम्रो प्रगति बिबरण पस्कनसक्ने संभावना भने बढेको छ । मन्जुश्रीको ब्यवस्थापकीय बिश्लेषण हेर्दा जोखिमको पाटो कम देखिन्छ ।
हाल २५ करोड चुक्ता पूँजी रहेको फाईनान्सले ८० करोड पुर्याउन १७५ प्रतिशत हकप्रद र १४ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । कारोबार र आम्दानी बढाउन फाइनान्सले केही शाखाहरु समेत बिस्तार गर्ने तयारी गरेको बुझिएको छ ।
फाईनान्सले गत बर्ष तीन करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । उसको प्रति सेयर आम्दानी यस बर्षको पहिलो त्रैमासमा पनि १४ रुपैयाँकै हाराहारीमा रहेको छ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।