स्टान्डर्ड चार्टर्ड बैंकले ३३ प्रतिशत बोनस र एफपीओ पनि जारी गर्ने तर कति ?

Oct 20, 2016 Merolagani

स्टान्डर्ड चार्टर्ड बैंक(SCB)ले ३३.३३ प्रतिशत अर्थात हाल कायम तीन सेयर बराबर एक सेयरको दरले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले बोनस प्रस्ताव गरेको हो । चुक्ता पूँजी भन्दा धेरै अर्थात चार अर्ब ४० करोडको जगेडा कोष रहेको स्टान्डर्ड चार्टर्डले धेरै बोनस सेयर दिनसक्ने लगानीकर्ताको अपेक्षा भए पनि ३३ प्रतिशतमा मात्र सिमित भएको छ । 

 

आठ अर्ब चुक्ता पूँजी पुर्याउन प्रिमियम मूल्यमा नयाँ साधारण सेयर जारी गर्ने निर्णयमा पनि बैंक पुगेको छ । तर कति कित्ता एफपीओ कति प्रिमियममा जारी गर्ने भन्ने कुरा नेप्सेको वेभसाईटमा प्रबाह गरिएको सूचनामा खुलाईएको छैन । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र यस बारेमा बैंकका तर्फबाट खुलस्त पारिने संभावना छ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ८१ करोड रुपैयाँ रहेकोले नयाँ बोनस सेयर जारी गरेपछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब बनाउन उसले यसै बर्षभित्र थप चार अर्ब २५ करोड रुपैयाँ पूँजीमा थप्नुपर्ने हुन्छ । 

प्रस्ताबित ३३.३३ प्रतिशत बोनस सेयर लगानीकर्ताको अपेक्षा अनुसार पनि भएन । उसले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ४५ कायम गरेकोमा ४० प्रतिशतसम्म बोनस आउला भन्ने लगानीकर्ताको अपेक्षा थियो ।

 

स्टान्डर्ड चार्टर्डकै लय समातेर एभरेष्ट बैंकले पनि यस्तै खालको बोनस घोषणा गर्ने भएमा महंगो मूल्य तिरेर सेयर किन्दा बिदेशी लगानी र प्रतिष्ठा कमाएको भन्ने कुराले मात्र धान्ने स्थिति नहोला । स्टान्डर्ड चार्टर्डको कमाई अघिल्लो आर्थिक बर्ष भन्दा गत बर्ष घटेकाले त्यसै पनि लगानीकर्तामा शंका उब्जिएको अबस्था छ ।

मेरोलगानी डटकमको अनुमति बिना अन्य मिडियाहरुले यसलाई प्रयोग नगर्नुहोला ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।