एनबी इन्स्योरेन्सको लिलामीको सेयरमा आवेदन दिने कात्तिक ५ गते अन्तिम दिन

Oct 20, 2016 merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले लिलामीमा राखेको सेयरमा आवेदन दिने म्याद कात्तिक ५ गते शुक्रबार सकिदैछ । कम्पनीले संस्थापक र सर्वसाधारणगरी ४३ हजार ४ सय ३७ कित्ता सेयर लिलामीको राखेको छ । केहीसमय अगाडि ८० प्रतिशत हकप्रद सेयर बिक्री गरेको कम्पनीले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा लगेको हो ।



कम्पनीले १६ सय कित्ता संस्थापक तथा ४१ हजार ८३७ कित्ता साधारण सेयर लिलामीमा राखेको छ । उक्त सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले कात्तिक ५ गते शुक्रबार बैकिंङ समयभित्र ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल यो कम्पनीको दोस्रो बजारमा १५४ रुपैयाँको हाराहारीमा सेयर किनबेच भइरेहेको छ ।

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर आफ्नाो तर्फबाट पूँजी थपेपछि चुक्ता पूँजी २४ करोड ४९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत असार मसान्तसम्ममा ४ करोड रुपैंया खुद नाफा गरेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।