कुमारीले आउँदो कात्तिक २९ गते बिहान ११ बजे लैनचौरमा बिशेष साधारणसभा डाकेको छ । सो साधारणसभामा हालको कायम चुक्ता पूँजी दुई अर्ब ७० करोडको ५० प्रतिशत हकप्रद जारी गर्ने र सो सम्बन्धी अन्य प्रक्रिया पुरा गर्न अख्तियारी दिने मात्र कार्यसूची तय गरिएको छ । बैंकले तत्काल लाभांश घोषणा नगरेकाले नियमित साधारणसभा गर्नमा ढिलाई हुने भएकाले बिशेष साधारणसभाबाट हकप्रदको निर्णय पारित गराउन खाजेको हो ।
कुमारीले गत बर्ष ७४ करोड खुद नाफा कमाएर प्रति सेयर आम्दानी २७ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले अन्य कम्पनीहरुलाई किन्नुका साथै आफै हकप्रद जारी गरेर पूँजी थप्ने प्रक्रिया अघि बढाएको छ ।
कुमारीले काष्ठमण्डप, महाकाली,, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता भईसकेको छ । सो सम्झौतामा कुमारीले मर्जर अगाडि कायम चुक्तापुँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने कुरा उल्लेख भएकाले पनि कुमारीले बिशेष साधारणसभा डाकेर प्रक्रिया पुरा गर्न लागेको हो ।
काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ भने काक्रे विहार विकास बैंकको ६ करोड रुपैयाँ पूँजी रहेको छ ।
यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् ।