सिटिजन्स बैंकलाई धितो लिलाम नभएर हैरान, नेपाल बैंक फेरि अघि सर्यो सम्पति बेच्न

Oct 21, 2016 Merolagani

बैंक तथा बित्तीय संस्थाहरुले ऋणीबाट कर्जाको सावाँ ब्याज असुल हुन नसकी सकारेका धितो कमशल हुँदा पटक पटक लिलाममा लैजादा पनि बिक्री हुन नसकी हैरानी खेप्नु परेको छ । यस्तै हैरानी खेप्नेमा सिटिजन्स बैंक पनि देखिएको छ ।

सिटिजन्स बैंकले किनेका नेपाल हाउजिड. तथा मर्चेन्ट फाईनान्स, पिपल्स फाईनान्स र प्रिमियर फाईनान्सले ऋणीबाट कर्जाको सावाँ ब्याज असुल गर्न नसकेपछि त्यस वापतका धितो घरजग्गाहरु सिटिजन्स बैंकको नाममा गैर बैंकिड. सम्पतिको रुपमा प्राप्त भएकोे थियो । ती घरजग्गाहरु बिक्री गर्न सिटिजन्स बैंकले पटक पटक लिलामको सूचना निकाले पनि बिक्री हुन नसक्दा हैरानी खेप्नु परेको छ ।

सिटिजन्सले कयौं रोपनी जग्गा र त्यसमा खडा गरिएका संरचनाहरु लिलाम गर्न शुक्रबार फेरि सूचना निकालेर खरिद गर्नेहरुको खोजी गरेको छ । धितो कमशल तर त्यस वापत परिचालन भएको कर्जा रकम र थपिएको ब्याज तथा हर्जाना कयौं गुणा बढी भएकाले सम्पति लिलाम सकार्नेहरु भेटिएका छैनन् ।

यसरी लिलाममा राखिएका घरजग्गामा मुद्धा मामिला र गुण्डाहरुको आक्रमणको डर समेत हुने हुँदा सामान्य ब्यक्तिहरु लिलाम प्रक्रियामा सहभागी हुन चाहँदैनन् । मुद्धा मामिला नभएका घरजग्गाहरु बैंकका संचालक र कर्मचारीहरु आफैले प्रक्रिया मिलाएर स्वामित्वमा लिने तर कमशल र जोखिमपूर्ण सम्पति मात्र जोडबल गरेर बेच्न खोज्ने भएकाले किन्ने सर्बसाधारणले सजिलै हकभोग गर्न नसक्ने भय ब्याप्त छ ।

कुमारी बैंकले केही समय अघि सतुंगलमा रहेको गैर बैकिड. सम्पति बिक्री गर्न तीन पटक लिलामको सूचना निकालेर पर्याप्त आबेदन परे पनि अन्त्यमा बैंकले सम्पति बिक्री गर्न नचाहेको जनाएर बोलपत्रहरु रद्ध गरेको थियो । यसरी बोलपत्रहरु बिनाकारण रद्ध हुँदा त्यस प्रक्रियामा सामेल हुनेहरुले बेकारको दुख र झंझट ब्यहोर्न परेको हुन्छ । बोलपत्र रद्ध गरिएपछि धरौटी राखिएको रकम फिर्ता लिन पनि उस्तै झंझट हुने र आफ्नो पैसाको ब्याज समत नपाउने हुँदा कतिपय बोलपत्रदातामा नैराश्यता पनि छाउने गर्छ ।

उता, सम्पति र सेयर बिक्रीमा किर्तिमान कायम गर्न लागेको नेपाल बैंकले त्यो क्रमलाई फेरि अगाडि बढाउँदै काठमाडौ कपनको झण्डै पाँच रोपनी घरजग्गा लिलाममा निकालेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।