बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा परिचालन वृद्धि, सेयर धितो कर्जा ३७ अर्ब ३३ करोड

Oct 23, 2016 merolagani

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जामा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमसान्तसम्ममा निक्षेप परिचालन १.२ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार भदौमसान्तसम्ममा निक्षेप परिचालन १.२ प्रतिशतले बढेको छ अघिल्लो वर्षको सोही अवधिमा ०.९ प्रतिशतले बढेको थियो । वाणिज्य बैंक र वित्त कम्पनीको निक्षेप क्रमशः १.४ प्रतिशत र ०.६ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको निक्षेप ०.४ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको ३.८ प्रतिशत, विकास बैंकहरुको २.२ प्रतिशत र वित्त कम्पनीको १.७ प्रतिशत बढेको छ ।कृषि क्षेत्रमा ४.२ प्रतिशत, औद्योगिक उत्पादनमा २.४ प्रतिशत, निर्माण क्षेत्रमा ४.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, सेवा उद्योगमा ३.६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ४ प्रतिशत कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।

भदौसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.६ प्रतिशत घर जग्गाको धितोमा र १५.२ प्रतिशत चालू सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.४ प्रतिशत र १२.९ प्रतिशत थियो ।

२०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.१ प्रतिशत अर्थात ३७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । २०७३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा ३७ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक महिनाको अवधिमा सेयरधितो कर्जा ५ करोड रुपैयाँले बढेको छ ।

 वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (३६ अर्ब ६८ करोड) छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ९.२ प्रतिशत ( ६ अर्ब ७२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.६ प्रतिशतले बढेको थियो ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।