स्टान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ३० करोडको एफपिओ गर्ने,प्रिमियम मूल्य कति ?

Oct 23, 2016 merolagani

स्टान्डर्ड चार्टर्ड बैंकले यसै आर्थिक बर्षभित्रमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेभसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो । बैंकले एफपिओ र बोनस शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने भएको हो ।



बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । तर बैंकले एफपिओ जारी गर्ने मूल्य भने खुलाएको छैन । बैंकका सेयर शाखाका रिजु श्रेष्ठले कति कित्ता सेयर कति प्रिमियमा जारी गर्ने भन्ने बिषयमा आफुहरुलाई जानकारी नभएको मेरो लगानी डटकमलाई बताईन् ।

 

दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले यसअघिनै गतआर्थिक बर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । त्यसपछि बैंकले ३ अर्ब ३० करोड बराबरको नयाँ सेयर निष्कासन गर्नेछ । एफपिओपछि बैंकको पूँजी ७ अबै ५ करोड रुपैयाँ पुग्नेछ भने चालु आर्थिक बर्षमा एक अर्ब रुपैयाँ बराबरको बोनस बाडेर आठ अर्ब पुँजी पुर्याउने पुँजी योजनामा उल्लेख छ ।

बैंकले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा कमाएको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।