दियालोलाई एक्वायर पश्चात लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने, स्वाप रेसियो कति ?

Oct 23, 2016 merolagani

लक्ष्मी बैंकको विशेष साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले प्रोफेसनल दियालो विकास बैंकलाई  एक्वायर गर्ने प्रस्ताव पारित गरेको छ । साथै एक्वायर पश्चात कायम पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ ।



लक्ष्मी बैंकले गत असार १७ गते प्रोफेसनल दियालो विकास बैंकलाई एक्वाएर गर्ने सम्झौता गरेको थियो । सभाले प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन समेत पारित गरेको छ । जस अनुसार प्रोफेशनल दियालो विकास बैंकका सय कित्ता सेयर हुनेले लक्ष्मी बैंकको पचास कित्ता सेयर पाउनेछन् ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंक एक्वायएर गर्न लागेको हो । एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने बताइएको छ ।

साथै बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने वा एक्वायर गर्ने प्रक्रियालाई समेत निरन्तरता दिने भएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।