२५ करोड ७८ लाख रुपैंया चुक्ता पूँजी रहेको अरनिको डेभलपमेण्ट बैंकले ३६ प्रतिशतले हुने सवा ९ करोड बढीको हकप्रद निष्काशन गरेको हो । आवेदकले प्रतिकित्ता १ सय रुपैंयाका दरले आफुसँग भएको शेयरको ३६ प्रतिशतका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदका लागि शेयरधनीले सिद्धार्थ क्यापिटल अनामनगर, सिद्धार्थ बैंकका देश भरीका सबै शाखा तथा अरनिको डेभलपमेण्ट बैंकका सबै शाखाहरुमा जानु पर्ने हुन्छ । हकप्रद निष्काशन मंसिर १२ गते बन्द हुनेछ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोडको हारहारीमा पुग्नेछ ।
त्यसै गरी काष्ठमण्डप डेभलपमेण्ट बैंकले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद यहि कात्तिक २६ गतेदेखि निष्काशन गर्दैछ । प्रतिकित्ता १ सय रुपैंयाका दरले बैंकले १६ लाख ९९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ्ग रहेको छ । शेयरधनीले बैंकको हकप्रद एनसिएम मर्चेण्ट बैंकिङ्ग तथा काष्ठमण्डप डेभलपमेण्ट बैंकका सबै शाखाहरुबाट भर्न सक्नेछन् । ६७ करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी ८५ करोड रुपैंया पुग्नेछ ।
काष्ठमण्डप सहित महाकाली,, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारी बैंकमा एक्वायर हुने सम्झौता यस अघि नै भैसकेको छ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।