अर्थमन्त्री महरा एक्कासी किन पुगे धितोपत्र बोर्ड ?

Oct 24, 2016 merolagani

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन् । आइतबार अर्थसचिवसहित बोर्ड पुगेका अर्थमन्त्री महराले बोर्डले आफ्नो क्षमता विकास गर्दै बजारमा लगानीकर्ताहरुको विश्वास बढाउने गरि काम गर्न धितोपत्रबोर्डलाई निर्देशन दिएका छन् । साथै उनले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजीबजार विना अर्थतन्त्रको विकास हुन नसक्ने भन्दै धितोपत्र बजारको विकासमा जोड दिएका छन् ।

पुँजी परिचालनको महत्वपूर्ण अंगको रुपमा रहेको धितोपत्र बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गर्दे नियामक निकायको प्रभावकारी भूमिकाको अभावमा बजारमा अराजकता आउन सक्नेतर्फ पनि बोर्डलाई सचेत गराए ।

साथै, मन्त्री महराले वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको वताउदै बोर्डमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बोर्डको भूमिका तथा उद्देश्य अनुसार उच्च मनोवल तथा सकारात्मक सोच सहित कार्य जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिए ।

सो क्रममा राजस्व सचिव राजन खनालले बोर्डले दीर्घकालीन पुँजीपरिचालनको विश्वसनीय वातावरण बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउदै पुँजीबजारमा अवैध सम्पत्तीको प्रवाह रोक्नु पर्नेमा जोड दिए । पुँजीबजारलाई प्रवद्र्धन गर्ने, स्वच्छ तथा पारदर्र्शी बनाउने सम्पूर्ण अधिकारहरु ऐनबाट प्रदान गरिएकोले प्राप्त अधिकारको उचित प्रयोग गर्ने पनि सचिव खनालले बोर्डका पदाधिकारीको ध्यानकर्षण गराए ।

उक्त कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उपप्रधानमन्त्री पुँजीबजारको विकासलाई प्रोत्साहन गर्न प्रतिवद्ध हुनु भएकोले आगामी दिनमा पुँजीबजारको विकासले गतिलिने विश्वास व्यक्त गरे । अध्यक्ष कार्कीले बोर्डले बजार सुधार तथा विकासका लागि गरेका कार्यहरु, बजारको वर्तमान अवस्था, सुधारको पहल र विकासका समस्या तथा चुनौतिहरु सम्बन्धमा संक्षिप्त प्रस्तुती राखेका थिए ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।