कैलाश विकास बैंकको २५ प्रतिशत बोनस स्वीकृत, २० प्रतिशत हकप्रद आउँदै

Oct 24, 2016 merolagani

कैलाश विकास बैंक(KBBL) ले आफ्ना लगानी कर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको छ । भदौ २९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लगानी कर्ताहरुलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । साथै बैक २० प्रतिशत हकप्रद निष्कासनको प्रक्रियामा रहेको छ ।



अब बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको कैलाश विकास बैंकको जगेडा कोषमा ८६ करोड रुपैंयाँ रहेको छ । बोनस वितरणपश्चात बैंकको पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।

साथै बैकले २० प्रतिशत अर्थात पाँच बराबर एक कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । बैंकले ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।