‘फोर जी’ सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाउने पहिलो सेवाप्रदायक बनेको टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर टेलिकमले सेवा सुरु गर्ने तयारी गरेको हो । दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड मार्फत १५ मेगाहर्जमा ‘फोर जी’ सेवा सुरु गर्न पाउने भएको हो ।
टेलिकमको प्रस्ताव बमोजिम प्राधिकरणको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ‘फोर जी’ सेवा सञ्चालनका लागि अरु कम्पनीलाई छाडेर टेलिकमलाई अनुमति दिएको थियो । प्राधिकरणबाट अनुमती पाए पछि टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिँदै १५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने भएको हो ।
टेलिकमले दसैँअघि नै प्राधिकरणलाई ‘फोर जी’ सेवा सञ्चालनको कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजना अनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने टेलिकमको तयारी छ ।
आईपि टेलिफोनी, गेमिङ्ग सर्भिस, भिडियो कनफरेन्सिङ, हाई डेफिनेसन मोबाईल टिभि तथा क्लाउड कम्प्युटिङ लगायतका सेवाहरु ‘फोर जी’ का मुख्य आर्कषण हुन् ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।