पोखरा फाइनान्सको मुनाफा झण्डै १२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दनी ३.३५ रुपैयाँ मात्रै

Oct 25, 2016 merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको नाफा गत वर्षको सोहि अवधिको तुलनाभन्दा करिब १ सय २० प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोहि अवधिमा ७५ लाख ३ हजार रुपैयाँ कमाएको थियो ।


कम्पनीको संचालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि नाफामा उच्च बढोत्तरी आएको हो । ४९ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा २१ करोड ३ लाख रुपैयाँ राखेको छ । यसअवधिमा कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ निक्षेप उठाएर २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

फाइनान्सको खराबकर्जा २.१६ प्रतिशत, प्रतिशेयर आम्दानी ३ दशमलव ३५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १ सय ३ दशलमव ८८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४२ दशमलव ८४ रुपैयाँ र तरलता अनुपात २४ दशमल ४९ प्रतिशत रहेको छ ।

पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सको यहि कात्तिक ९ गते हुने बार्षिक साधारणसभाले १३ दशमलब ५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पािरत गर्देछ । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी ६ करोड ६३ लाख रुपैंया थपिएर ५५ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

त्यसपछि कम्पनीले संस्थापक तथा सर्वसाधारणको शेयर ५१ स् ४९ प्रतिशत कायम गर्न ९ लाख ८३ हजार ६ सय ८२ कित्ता नयाँ सेयर (एफपिओ) निष्कासन गर्नेछ । यो प्रस्ताव समेत फाइनान्सले साधारसभाबाट अनुमोदन गराउनेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।