एनएमबी बैंकले जम्मा १९ प्रतिशत मात्र बोनस प्रस्ताव गर्दा लगानीकर्ताको के होला प्रतिक्रिया ?

Oct 25, 2016 Merolagani

एनएमबी बैंक(NMB)ले कम्तिमा ३० प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने अपेक्षा लगानीकर्ताले गरेकोमा मात्र १९ प्रतिशतमा खुम्चिएपछि सेयर बजारमा यसको प्रभाव के होला भन्ने चासो बढेको छ । एनएमबी बैंकले कर प्रयोजनका लागि अलग्गै रकम ब्यवस्था गरी जम्मा १९ प्रतिशत मात्र बोनस सेयर प्रस्ताव गरेको छ ।

बिगतमा क्लिन ईनर्जी, भृकुटी, पाथिभरालगायतका बिकास बैंकलाई आफुमा मिलाएको एनएमबीले त्यसको स्वापबाट आएको रकम पनि बोनस बितरणमा उपयोग गर्ला भन्ने लगानीकर्ताको आश थियो । चार अर्ब ४८ करोड चुक्ता पूँजी रहेको बैंकले गत बर्ष एक अर्ब १५ करोड खुद नाफा गरेर साढे २८ रुपैयाँ प्रति सेयर आम्दानी कायम गरेको थियो । एनएमबी बैंकले दिनसक्ने जत्ति पनि बोनस नदिएर कन्जुस्याइँ गर्दा लगानीकर्ताले मुख फर्काउने अबस्था आएको छ ।

नेदरल्याण्डको साझेदार एफएमओ कम्पनीले २० प्रतिशत संस्थापक हिस्सेदारी कायम गर्न थप ९४ लाख कित्ता सेयर प्रिमियममा किन्ने भएपछि बोनस सेयर बितरणमा एनएमबीले चलाखी गरेको देखिन्छ । एफएमओले एकसय रुपैयाँको फेसभ्यालुमा एकसय ५० रुपैयाँ प्रिमियम थप गरी सो सेयर किनेर २० प्रतिशत हिस्सा कायम गर्ने निश्चित भएको समाचार यसअघि नै मेरोलागनी डटकमले दिएको थियो ।

एनएमबीले पाथिभरा, भृकुटी, क्लिन ईनर्जी र प्रुडेन्सियल फाइृनान्सलाई आफुमा गाभ्ने क्रममा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिंदा एफएमओले २० प्रतिशत हिस्सेदारी कायम गर्ने शर्त तोकिएको थियो । बैंकको २० औ साधारणसभाले सो प्रस्ताव पारित गरी संचालक समितिलाई अख्तियारी दिएकोमा बैंक संचालक समितिको बैठकले सम्झौता अनुमोदन गरेको थियो ।

हाल एनएमबी बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रहेकोमा अब साढे पाँच अर्ब पुग्ने भएको छ भने प्रिमियम वापतको रकम जगेडा कोषमा जानेछ । बोनस समेत थपिदा एनएमबीको पूँजी अपेक्षाकृत धेरै हुनेछ ।

यो समाचार अन्य मिडियाहरुले प्रयोग गर्नुअघि मेरोलगानी डटकमको अनुमति लिनुहोला । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।