हिमालयन बैंकको १४ प्रतिशत तथा सेति फाइनान्सको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 25, 2016 merolagani

हिमालयन बैंकले आफ्ना सेयरधनीलाई बिक्री गर्ने १४ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले यहि कात्तिकदेखि ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । त्यस्तै सेति फाइनान्सको १२० प्रतिशत हकप्रदका भर्न चाहाने लगानीकर्ताले पनि आजै सेयर खरिद गरिसक्नुपर्नेछ । 



हिमालयन बैंकले सात सेयर बराबर एक (७ः१)को अनुपातमा एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्देछ । बैंकको हाल कायम चुक्ता पूँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ अर्थात १४ प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। हकप्रद वितरण पश्चात चुक्तापूँजी ५ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद प्रयोजनका लागि यहि कात्तिक १० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

बैंकको हकप्रदमा यहि कात्तिक २३ गतेदेखि मंसिर ३० गतेसम्म आवेदन गर्न पाइनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

 

 सेती फाईनान्सको १५० प्रतिशत हकप्रद

यस्तै कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्सले पनि एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्देछ । फाईनान्सको कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने भएकाले कार्तिक ९ गतेसम्म सेयर किन्नेले मात्र हकप्रद सुरक्षित गनुपर्नेछ ।

फाइनान्सले एक सय रुपैयाँ अंकितदरका ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रदसेयर बिक्री गर्दै छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सको हकप्रद जारी गरेपछि चुक्ता पूँजी १५ करोड हाराहारीमा पुग्ने छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।