एनबी इन्स्योरेन्सको लिलाममा राखिएको शेयरमा कति मूल्यको पर्यो आवेदन ? १८ जनाले सकारे शेयर

Oct 25, 2016 Merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले ८० प्रतिशत हकप्रद निष्काशनका दौरान नबिकेर लिलाम गरेको साधारण शेयरका लागि आवेदन दिने मध्ये कम्तीमा १ हजार १ सय ५१ रुपैंया ५१ पैसाका आवेदकले शेयर पाउने भएका छन् । अधिकतम १ हजार ८ सय ६० रुपैंयासम्मको आवेदन परेको कम्पनीको साधारण शेयर १८ जनाले सकारेका छन् । 

१ हजार ६ सय कित्ता संस्थापक र ४१ हजार ८ सय ३७ कित्ता शेयर लिलाम गरेको इन्स्योरेन्सको साधारण शेयरका लागि कुल ९ सय ९१ जनाले आवेदन दिएका छन् । जस मध्ये न्युनतम १ हजार १ सय ५१ रुपैंया ५१ पैसादेखि १ हजार ८ सय ६० रुपैंयासम्मका आवेदकले शेयर पाउने निर्णय भएको हो ।

ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको लिलाम गरिएको साधारण शेयर १८ आवेदकले सकारेका हुन् ।

क्यापिटलका अनुसार कम्पनीले लिलाम गरेको १ हजार ६ सय कित्ता संस्थापक शेयर भने ३ जनाले सकारेका छन् । न्युनतम ४ सय ५५ रुपैंयादेखि अधिकतम ५ सय २१ रुपैंया एक पैसासम्मको आवेदन दिने ३ आवेदकले कम्पनीको शेयर सकारेका हुन् । संस्थापक शेयरका लागि ९ जनाले आवेदन दिएका थिए ।

कम्पनीले शेयर लिलाम गरेर मात्र साढे ४ करोड भन्दा बढी प्रिमियम संकलन गरेको छ । गत असार मसान्तसम्ममा ४ करोड रुपैंया खुद नाफा गरेको कम्पनीको चुक्ता पूँजी १५ करोडबाट २७ करोड रुपैंया पुगेको छ । इन्स्योरेन्सले शेयर लिलाम तथा गत वर्षको कमाई अनि जगेडाको सदुपयोग गरी यस वर्षदेखि स्वस्थ कम्पनीको रुपमा आफुलाई स्थापीत गर्ने जनाएको छ ।

मेरोलगानीसँग कुरा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले भने ‘गत वर्षको अन्तिमसम्ममा हाम्रो नोक्सान १५ करोडको हाराहारीमा रहेकोमा अब त्यो सबै शुन्यमा आउँछ र यस वर्षदेखि कम्पनीले गर्ने कमाईबाट आगामी वर्षदेखि लगानीकर्ताले प्रतिफल पाउने छन् ।’

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।