नलगाड जलविद्युत् निर्माणस्थलका जनता भन्छन्– छिटो काम होस्

Oct 25, 2016 merolagani

जाजरकोटको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ । ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकल लगायतले आयोजना निर्माण स्थलको निरीक्षण गरे ।

जलविद्युत्गृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको हो ।

करिब १० किमी लम्बाइ रहेको सो भूभागको पहुँच मार्ग निर्माणस्थलको पनि अवलोकन गरिएको छ । आयोजनाको निरीक्षणमा आएको सो टोलीलाई मुआब्जाका साथै विस्तृत परियोजना प्रतिवेदन छिटो पूरा गर्न स्थानीयवासीले माग गरेका छन् । अहिले आयोजनास्थलमा पहुँच मार्ग निर्माण तीव्र पारिएको छ भने दल्लीमा आयोजनाको भवन निर्माण जारी छ । अहिलेको सम्भाव्यता अध्ययनले सो आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको छ ।

ऊर्जाविद्ले एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सकिने जिकिर गर्दै आएका छन् । नेपालकै कम लगानीका साथै कम क्षतिमा सो आयोजना निर्माण गर्न सकिने बताइएको छ ।

आयोजना निर्माणस्थलमा कम जग्गा अधिग्रहण हुनेलाई निकै घाटा लागेको र मुआब्जा मार्फत पाएको रकमले अर्को ठाउँमा पुनःस्थापना हुन समस्या भएको सक्ला जुगानाका डिलबहादुर रावलले बताए । मुआब्जा मार्फत पाउने रकम एक मुष्ट पाउनुपर्ने यदि नपाइएमा कुनै काम नलाग्ने रावलले बताउ । सक्ला–१ का जयबहादुर खत्रीले सक्ला लैखमका जनतालाई आयोजनाले उपेक्षा गरेको आरोप लगाए । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने सक्ला–१ का गणेश केसीले माग गरे ।

ऊर्जा सचिव उपाध्यायले जाजरकोट अब झाडापखालाको होइन, बिजुलीको जिल्ला भनेर चिनिने बताए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन युद्धस्तरमा हुनुपर्ने र यहाँका जलजमिन र जडिबुटीको संरक्षण, आयोजना निर्माण हुँदा विस्थापित हुने स्थानीयवासीलाई रोजगारी दिनुपर्ने नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले माग गरे । रासस

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।