कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद भर्दै हुनुहुन्छ ? यस्तो गर्नुस

Oct 25, 2016 Merolagani

कृषि बिकास बैंक(ADBL)को ५० प्रतिशत हकप्रद सेयर किन्दा कागजी प्रमाण पत्र भएका सेयरधनीले पनि हितग्राही (डिम्याट)खाता नम्बर दिएको खण्डमा हकप्रद सेयर सिधै डिम्याट खातामा पठाउन एस क्यापिटलले पहल गरेको छ ।

सेयर डिम्याट गराएका सेयरधनीको हकप्रद सेयर मात्र डिम्याट खातामा जाने गरेकोमा कागजी प्रमाण पत्र भएका सेयरधनीको पनि डिम्याट खातामा पठाउन सकिए लगानीकर्ताको झंझट समाप्त हुने र कागजी प्रमाण पत्र छपाईमा हुने खर्च पनि बच्ने क्यापिटलको भनाइ छ । 

बैंकको हकप्रद खुलेका दिनदेखि नक्सालस्थित एस डेभलपमेण्ट बैंक परिसरमा बोनस वापतको कागजी प्रमाणपत्र संकलन गर्नका लागि घण्टौं लाइन बस्नु पर्ने अवस्था सुरु भएको छ । यहि समस्यालाई मध्यनजर गर्दै क्यापिटलले कागजी शेयर प्रमाणपत्र भएका लगानीकर्तालाई हकप्रदको शेयर डिम्याट खातामा पठाउने तयारी गरेको हो ।

मेरोलगानीसँग कुरा गर्दै क्यापिटलका प्रबन्ध निर्देशक पुर्णचन्द्र दाहालले भने, ‘अब लगानीकर्तालाई सहज सेवा दिने सोच अनुसार हामीले कसरी कागजी शेयर प्रमाणपत्र भएका लगानीकर्ताको हकप्रद शेयर डिम्याट खातामा पठाउन सकिन्छ भन्नेमा गृहकार्य गरिरहेका छौं । सबै प्रकृया मिलेको खण्डमा लगानीकर्ताले कागजी प्रमाण्पत्रको हकप्रद डिम्याट खातामा पाउनु हुन्छ ।’

दाहालका अनुसार कागजी शेयर प्रमाणपत्र भएका लगानीकर्तालाई डिम्याट खाताको बिरण उपलब्ध गराउन अनिवार्य गरिएको हैन । साथै कागजी प्रमाणपत्र भएकाहरुको हकप्रद डिम्याटमा अनिवार्य रुपमा आउँछ भन्ने पनि हैन । तर प्रकृया मिलेको खण्डमा अहिले शेयरधनी नम्बर, प्रमाणपत्र नम्बरको विबरण सुरक्षित राखेर लगानीकर्ताले शेयर प्रमाणपत्र डिम्याट गर्न दिएको खण्डमा हकप्रद शेयर पाउने बेलामा सबै शेयर डिम्याटमा आउँदा लगानीकर्तालाई सहज हुने क्यापिटलको बुझाई छ ।

‘हकप्रदको कागजी प्रमाणपत्र छाप्न नपरोस र लगानीकर्तालाई लाइन लागेर अहिले बोनस संकलन गरे जसरी हकप्रद संकलन गर्न लाइन बस्न नपरोस भन्ने हाम्रो चाहना हो ।’ प्रबन्ध निर्देशक दाहालले भने ।

कृषि विकास बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो । कात्तिक ३ गतेदेखि खुलेको हकप्रदमा मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने छ ।

कृषि बिकास बैंकको बिभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट आबेदन पत्र प्राप्त गरी बैंकको हकप्रद शेयरमा आवेदन दिन सकिने जनाईएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस बितरण गरी ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीलाई ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुर्याएर त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको साधारण चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ । बैंकमा नेपाल सरकारको ६ अर्बको अपरिबर्तनीय अग्राधिकार सेयर रहेको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।