मुक्तिनाथको कसरी कायम भयो प्रति सेयर आम्दानी ३८ रुपैयाँ ?

Oct 26, 2016 Merolagani

मुक्तिनाथ बिकास बैंक(MNBBL)ले उल्लेखनीय रुपमा पूँजी बृद्धिका साथ खुद नाफा र प्रति शेयर आम्दानीलाई सन्तुलनमा राख्दै चालु आर्थिक बर्षको पहिलो त्रैमासमा झण्डै १० करोड रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४५ प्रतिशतले खुद नाफा बृद्धि गरी ९ करोड ९७ लाख कमाएको हो ।

अहिले ५० प्रतिशत हकप्रद सेयर बिक्री गरिरहेको बैंकले  प्रति सेयर आम्दानी बार्षिकीकरणको हिसाबले ३८ रुपैयाँ ३३ पैसा कमाएको देखाएको छ । निक्षेप संकलन र कर्जा परिचालनलाई तीब्र रुपमा बिस्तार गरेको बैंकले ब्याज आम्दानी झण्डै सात करोडले बढाएको छ भने संचालन मुनाफा पाँच करोडले बढेको छ । 

मुक्तिनाथको गत बर्षको खुद नाफा कमाईको प्रृबत्ति हेर्दा यस बर्ष ५० करोड भन्दा बढी नै कमाउनसक्ने संकेत देखिन्छ । गत बर्षको पहिलो त्रैमासमा ६ करोड ८५ लाख खुद नाफा कमाएको मुक्तिनाथले चोथो त्रैमासमा ३५ करोड ८८ लाख खुद नाफा पुर्याएको थियो । 

 उसले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ भने अब चाँडै साधारणसभाको मिति तोकेर सेयरधनी दर्ता किताब बन्दको सूचना जारी हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । सेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघि सेयर किन्नेले प्रस्ताबित बोनस पाउने छन् ।

 मुक्तिनाथको अर्को बिशेषता भनेको बर्षेनी बोनस सेयर बितरणको प्रतिशत बढाउँदै जानु पनि हो । गत बर्ष उसले ३१ प्रतिशत बोनस सेयर बाँडेको थियो । 

मुक्तिनाथले क्रमबद्ध प्रगति गर्नसक्नुको रहस्य राष्ट्रियस्तरको बिकास बैंकको रुपमा कारोबार बिस्तार गर्नु, संस्थागत सुशासन राम्रो हुनु साथै लघुबित्तको कामलाई पनि उत्तिकै महत्व दिनु हो । उसले निस्क्रिय कर्जाको अनुपातलाई गत बर्षको पहिलो त्रैमासको तुलनामा घटाएर ०.१८ प्रतिशत कायम गरे पनि अघिल्लोे त्रैमासको भन्दा बढेको छ । कर्जा जोखिम वापतको रकम पनि बढाईएको छ ।

अन्य आधारभुत सूचकहरु हेर्दा मुक्तिनाथको बोनस बाड्नु अघिको जगेडा कोष ६० करोड, मूल्य आम्दानी अनुपात ३२.७४ गुणा, प्रति सेयर नेटवर्थ १५७, पूँजी कोष अनुपात १२.७७, कोषको लागत ४.९६ रहेका छन् भने सबै कर्जामा विपन्न बर्ग कर्जाको अनुपात २६.३५ प्रतिशत रहेको देखाईएको छ ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले कारोबार बिस्तार गर्ने क्रममा राजधानमिा कर्पोरेट कार्यालय स्थापना गरी पानी पोखरीमा करोडौ पर्ने जग्गा किनेर केन्द्रीय कार्यालय सार्ने तयारी पनि गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।