जनता बैंकको ५० प्रतिशत हकप्रदमा दावी गर्न सेयर किन्ने आज अन्तिम दिन

Oct 26, 2016 Merolagani

जनता बैंक(JBNL)ले चुक्ता पूँजी बढाउँन जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा दावी गर्न सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । जनताले भोलि बिहीबार हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदलाई असोज १९ गते स्वीकृत गरेको थियो । 

सेयरधनी दर्ता किताब बन्दको सूचना हेर्न यहाँ जानुहोस्

जनताले संस्थापक सेयरधनीलाई हकप्रद वापतको रकम अग्रिम रुपमा जम्मा गर्न कात्तिक १९ गतेसम्मको समय दिएको छ । त्यसपछि सर्बसाधारणले हकप्रद किन्न पाउने गरी सूचना आउने बुझिएको छ ।

जनता बैंकको हाल चूक्ता पूँजी २ अर्ब ६ करोड रहेकोमा अघिल्लो र गत बर्षको कमाईबाट बोनस सेयर बितरण गर्न बाँकी नै रहेको अबस्थामा हकप्रदबाट थपिने पूँजी जोड्दा तीन अर्ब ९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १५ कायम गरेको छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड रुपैयाँ जगेडा कोषमा छ । जनता बैंकले अन्य समकालीन बैंकले जसरी चुक्ता पूँजी र कमाई बढाउन नसके पनि सानिमा बैंकलाई उत्कृष्ट बैंक बनाउन भुमिका खेल्ने कुमार लम्साल नै हाल जनताको प्रमुख कार्यकारी रहेकाले लगानीकर्ताले आशा गर्ने ठाउँ छ ।

संस्थागत सुशासनमा समस्या नदेखिए जनता बैंकले चालु आर्थिक बर्षमा राम्रै प्रगति बिबरण पस्कनसक्छ । तर माछापुच्छ्रे बेंकले समेत गाभ्न नचाहेको अबस्था हेर्दा जनताको भर गर्नसक्ने अबस्था भने छैन ।

जनताले अन्य संस्थाहरुलाई गाभ्ने तथा किन्ने काममा सफलता हासिल नगरे राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी कसरी पुर्याउँला भन्ने प्रश्न छदैछ । जनतामा नेकपा एमाले निकटका लगानीकर्ताहरुको धेरै संस्थापक लगानी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।