सांग्रीलाको मुनाफा ३८ प्रतिशतले वृद्धि, खराबकर्जा समेत बढ्यो

Oct 26, 2016 merolagnai

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४३ लाख ४० हजार रुपैंया खुद नाफा कमाएको छ । यो नाफा गतआर्थिक वर्षको यसै अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढी हो । साथै यसअवधिमा बैंकको खराबकर्जा समेत बढेको छ । यद्यपी यो एक प्रतिशत भन्दा कम नै रहको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १९ लाख ३१ हजार रुपैंया खुद नाफा कमाएको थियो । खुदब्याज आम्दानी, सञ्चालन मुनाफा, नियमित क्रियाकलाप र कर्जा प्रवाहमा आएको सुधारले बैंकको खुद नाफामा बढोत्तरी आएको हो ।

बैंकले यसअवधिमा चुक्तापूँजी ७३ करोड ६० लाख रुपैयाँबाट बढाएर १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक वर्षमा २१ प्रतिशत बोनस तथा २५ प्रतिशत हकप्रद वितरण गरेर चुक्तापूँजी बढाएको हो । बैंकले जगेडा कोषमा ८२ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ ।

प्रतिशेयर आम्दानी १६ रुपैंया ५२ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३९रुपैंया १३ पैसा, तरलता अनुपात २२ दशमलव ७१ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात ३० दशमलब ५ गुणा छ । बैंकको खराबकर्जा भने बढेर शुन्य दशमलव ८४ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा ४ करोड १२ लाख रुपैयाँ राखेको छ ।

बैकले चालु आर्थिक वषर्को पहिलो त्रैमास सम्ममा १० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ८० करोड कर्जा प्रवाह गरको छ ।

................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।