प्राईम कमर्शियल बैंकको २३ प्रतिशत बोनस प्रस्ताव, हकप्रदलाई समेत बाँडिदा अनुपात कम हुने

Oct 26, 2016 Merolagani

प्राईम कमर्शिल बैंकले केही समयअघि जारी गरिएको ३३ प्रतिशत हकप्रद सेयरले समेत पाउने गरी २३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।


बैंक संचालक समितिले प्रस्ताव गरेको यो बोनस यसअघि जारी गरिएको हकप्रदले समेत पाउने भएपछि अनुपात घट्ने छ । बैंकले कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभाश समेत दिने घोषणा गरेको छ ।

बैकले गत आर्थिक बर्षमा एक अर्व १२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएर प्रति सेयर आम्दानी ३० रुपैयाँ ४५ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी हाल तीन अर्ब ७० करोड रहेको छ । उसले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।