आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको पूर्वी नेपालको गाईघाट र बैकिङ्ग क्षेत्रमा पहुँच सुदृढ भईसकेको मध्य नेपालको रजहर बजारहरुमा ग्राहकहरुलाई बैंकिंग सेवा दिनका लागि शाखा बिस्तार गरिएको बैंकले जनाएको छ । इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप बिस्तारित शाखाले बैंकलाई टेवा पुर्याउने विश्वास गरिएको छ ।
बैंकले दुवै शाखा मार्फत निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवा तथा व्यक्तिगत तथा साना व्यवसायकर्जा दिने जनाएको छ । यसबाट व्यक्तिगत तथा तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने विश्वास बैंकले लिएको छ । यस अघि बैंकले केही दिनको अन्तरालमा बागलुंगमा २ शाखा बिस्तार गरेको थियो ।
बुधबार २ शाखा बिस्तार भएसँगै लक्ष्मी बैंकको शाखा संजाल ५७, विस्तार काउन्टर २ र एटीएम संख्या ७७ पुगेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा र सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
३७ जिल्लामा ५ सय बढी कर्मचारीबाट वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंया रहेको छ । सन् २००२ देखि सञ्चालनमा आएको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने क्रममा शतप्रतिशत हकप्रद निष्काशन गर्दैछ । हकप्रद निष्काशनको यो प्रस्ताव बैंकले कात्तिक ७ गतेसम्पन्न विशेष साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रद जारी गरेपछि बैंकको पूँजी साढे ६ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।
सन् २००९ देखि मोबाइल बैंकिङ सेवा सुरु गरेको बैंकले सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल, लक्ष्मी लघुवित्त वित्तीय संस्था पनि सञ्चालन गरिरहेको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।