धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४१ हजार पाँच सय आबेदकबाट सो रकम बराबरको आबेदन परेको हो । सो सेयरमा शुक्रबारसम्म आबेदन दिने म्याद रहेको छ ।
गुरुप्रसाद न्यौपानेको पारिबारिक पकड रहेको अरुण कावेलीमा संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर रहेकोले त्यसमा लगानी गर्नु जोखिमपूर्ण भएको कुरामा सर्बसाधारण लगानीकर्ताहरुलाई सजग गराउँदै आएको छ ।
यसैबीच, नेपाल धितोपत्र बोर्डले साधारण सेयर भर्ने सुबिधा दिने भन्दै बिभिन्न ब्यक्ति, संस्था र कम्पनीहरुले लगानीकर्ताहरुलाई आकर्षक प्रलोभन दिई बिज्ञापन गरी गैरकानुनी रुपमा संकलन केन्द्रको काम गरिरहेको भन्दै लगानीकर्ताहरुलाई सतर्क गराएको छ । बोर्डले त्यस्तो कार्य नगर्न नगराउन, त्यस्ता प्रलोभनमा नफस्न र तोकिएको केन्द्रमा मात्र आबेदन बुझाउन अनुरोध गरेको छ ।